बुटवल उपमहानगरपालिका मेयरलाई स्थानीयले मुक्का हाने
नुवाकोट । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ । बाढी-पहिरो पीडितबाट प्रमुख सुवेदीमाथि सोमबार हातपात भएका हो ।
मेयर सुवेदी पहिरो निरिक्षण गर्न सोमबार ज्योतिनगरको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा तथा निरीक्षणमा पुगेका थिए । सो क्रममा पहिरो रोकथाम र पीडित जनतालाई राहात नदिएको भन्दै स्थानीयद्वारा उनीमाथि मुक्का प्रहार भएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाले पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका छन् । प्रभावित क्षेत्रका स्थानीयलाई सरकारले वेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीकाबीच रहेपनि आक्रोशित स्थानीयले उनीमाथि मुक्का प्रहार गरेका हु्न् ।
आज पनि उक्त स्थानमा पहिरो गइरहेको र केही घरमा क्षतिसमेत पुगेको स्थानीयले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया