नुवाकाेटमा छाेरी बलात्कार गर्ने पितालाई २९ वर्ष कैद
नुवाकाेट । जिल्ला अदालत नुवाकोटले आफ्नै छोरी बलात्कार गरेको अभियोग लागेका आरोपितको कसुरमा दोषी ठकर गर्दै २९ वर्षभन्दा बढी कैद सजायको फैसला गरेको छ।
४ वर्षिया छोरीलाई बलात्कार गरेको कसुरमा ३६ वर्षिय बाबुलाई जिल्ला अदालत नुवाकाेटले २९ वर्ष ६ महिना कैद सजाय सुनाएको हाे ।
जिल्ला न्यायधिश उमेशप्रसाद लुइटेलको इजलासले विहीबार आरोपितले गरेको कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको जिल्ला अदालतले जनाएको छ। ।
अदालतले बलात्कारमा २५ वर्ष सजाय र हाडनाता करणीमा चार वर्ष ६ महिना कैद सजाय गरेको हो । अदालतले कसुरदारबाट ५० हजार रुपैयाँ जरिवाना तिराउन पनि आदेश दिएको छ।
२०७७ असार ६ गते छोरीलाई बलात्कार गरेको भन्दै बालिकाको आमाले श्रीमान् विरुद्द असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । सूर्यगढी गाउँपालिकामा घर भएका उनीहरु लिखु गाउँपालिकामा डेरामा बस्दै आएका थिए।
घटना लिखु गाउँपािलकामा भएकाे थियाे । अराेपितलाई नुवाकाेट प्रहरीले असार ७ गते पक्राउ गरेकाे थियाे । उनलाइर् जिल्ला अदालत नुवाकाेटले २०७७ साउन १ गते पुर्वपक्षकाे लागि थुनामा पठाएकाे खबर त्रिशुली खवर साप्ताहिकमा छापिएकाे छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया