दशैंको मुखमै नेपालमा मोबाइलको हाहाकार
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/mobile.jpg)
नुवाकोट । स्मार्टफोनको व्यापार हुने मुख्य समयमै नेपाली बजारमा अघिकांश मोबाइल बिक्रेता कम्पनीसँग मोबाइल फोनको अभाव भएको छ । अघिल्ला बर्षहरुमा दशैं/तिहार अफर र स्किमको कारण बहार आउने बेला मोबाइल बजार सुस्ताएको हो ।
अहिले मोबाइल विक्रेता कम्पनीसँग पर्याप्त मोबाइल नै छैनन् । चाडपर्व नजिकिए पनि कोरोना भाइरस र विश्वभर चिप अभावले यतिवेला आयातकर्ताहरुसँग मोबाइल फोनको स्टक सकिएको छ । जसको कारण बजारमा पर्याप्त मोबाइल पठाउन नसकिएको व्यवसायीले बताएका छन ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
खासगरी यतिवेला नेपाली मोबाइल बजारमा चाडपर्वको रौनक छाइ सक्नुपर्ने हो तर, विक्रेता कम्पनीहरुसँगै मोबाइलको स्टक नभएपछि ग्राहक फर्काउन बाध्य छन । विश्वभर चिप्स अभावकै कारण पनि मोबाइल आयातकर्ताले नयाँ प्रडक्ट ल्याउन सकेका छैनन् भने पुराना मोडल पनि अभाव छ ।
मोबाइल आयातकर्ता संघ नेपालका अध्यक्ष दीपक मलहोत्राले मोबाइल फोनको बजार पछिल्लो समय सुस्ताएको र पूर्ण रुपमा स्मार्टफोन विक्रेता कम्पनीहरुसँग पनि मोबाइल नभएको बताए ।
‘नेपालमा मात्रै होइन विश्वभर नै यतिवेला मोबाइल अभाव सिर्जन भएको छ’ मलहोत्राले भने ‘ मोबाइल नभएकै कारण ग्राहकलाई बुकिङ गराएर फर्काउनु परेको छ ।
कोभिड महामारी सुरु भएको डेढ बर्षमा ग्याजेट तथा स्मार्टफोनमा धेरै माग भयो भने विक्री पनि विश्वास नै गर्न सक्ने तरीकाले विक्री भयो जसको कारण विश्वमै चिप्स सेटको अभाव भएको मलहोत्राको भनाई छ ।
चिप्स सेट उत्पादन कम्पनीहरुले पनि लिमिटेड मात्रै उत्पादन गरेको तर, डिमान्ड उच्च रहेकाले मोबाइल, ल्यापटप, घडी लगाएतका समाग्रीको हाहाकार भएको जानकारी दिए । अहिले नेपालमा सबैभन्दा बढी बिक्री हुने एमआई,सामसुङ,ओप्पो,भिभो लगाएतका मोबाइल कम्पनीले माग अनुसारको फोन विक्री तथा आयात गर्न सकिरहेका छैन ।
कोभिडको कारण अनलाइन कक्षा,भर्चूअल क्रियाकलाप र ग्याजेटको उच्च प्रयोगले नै यो अवस्था ल्याएको व्यवसायी बताउँछन् । कोरोना महामारीले चिप्स सेट उत्पादनमा समस्या निम्त्याएपछि विभिन्न इलेक्ट्रोनिक समानमा प्रत्यक्ष असर गरेको र मुख्य मोबाइल फोन बिक्री वितरण पर्याप्त हुने नसकेको मलहोत्रा बताउँछन् ।
विश्वभर नै मोबाइलको हाहाकार भएपछि चिप्स उत्पादक कम्पनी यतिवेला उत्पादन बढाउन लागि रहेका छन् ।
‘नेपालमा पछिल्लो समय जति मोबाइल भित्रियो बिक्री भइहाल्छ’मलहोत्राले भने ‘मोबाइल अहिले थोरै क्वान्टिटीमा आउँछ, स्टक रहदैन’ ।
भन्सार विभागको तथ्याङ्कमा गत आर्थिक बर्ष २०७७/०७८मा ३६ अर्ब ९० करोड बराबरका ७० लाख ३० हजार फोन नेपाल भित्रिएका छन् । त्यस्तै चालु आवको पहिलो महिनामै चार अर्ब रुपैयाँ ६ लाख ६७ हजार सेट मोबाइल फोन नेपाली भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।
तर,व्यवसायी भने नेपालमा मोबाइल धेरै भित्रिएको भएपनि माग दोब्बर रहेकाले यस्तो अवस्था आएको बताउछन् ।
माग अनुसारको चिप्स सेट निमार्ण नहुँदा मोबाइल फोन सर्टेज भएको मलहोत्राको तर्क छ । अर्को तर्फ मोबाइल विक्रेता संघ पनि बजारमा समान नहुँदा ग्राहक फर्काउनुको विकल्प नरहेको जनाएको छ ।
ग्राहकले पछिल्लो समय २५ हजार माथिकै स्मार्टफोन खोजने गरेका छन जुन अहिले नेपाली बजारमा अभाव छ अघिपछिभन्दा चाडपर्वमा ४० प्रतिशत बढी मोबाइल बिक्रि हुने भएपनि यो बर्ष स्मार्टफोन बजार सुस्ताएको छ ।
मोबाइल वितरक संघका अध्यक्ष जगत साउदले पछिल्लो समय मोबाइलको माग अत्याधिक भएपनि समान नहुँदा मोबाइल कम्पनीहरुले स्किम नै निकाल्नुपर्ने अवस्था नरहेको र बजारमा सामान सर्टेज रहने गरेको बताए ।
‘कोरोना भन्दा पहिला नेपाल ल्याएको सामान नै विक्री नहुने, मोबाइल फोन अत्याधिक स्टक रहने हुन्थ्यो तर, अहिले त्यस्तो प्रचार गरिरहनु पर्ने बाध्यकारी अवस्था कुनै पनि कम्पनीलाई छैन’ साउदले भने ‘ बजारमा सामानको माग नै धान्ने अवस्था नरहे पछि स्किम ल्याउनु नपर्ने निष्कर्ष निस्किएको छ’ ।
अहिले नेपालमा विक्री हुने अधिकांश मोबाइल कम्पनीसँग स्मार्टफोनको अभाव छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया