बुद्धभुमि हाइड्रोपावरको सेयर बाँडफाँडको तयारी, सबैलाई सेयर नपर्ने पक्का

विदुर खबर २०७८ भदौ २९ गते ७:३८

नुवाकोट । नुवाकोटको बुद्धभुमि हाइड्रोपावर कम्पनि लिमिटेडले आयोजना प्रभावित नुवाकोटका स्थानियलाई जारी गरेको सेयर बाँडफाँडको तयारी गरिएको छ ।

Advertisement

कम्पनीले श्रावण ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका जारी गरिएको सेयर यसैसाता भित्र बाँडफाँडको तयारी गरेको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार कम्पनिको सेयरको प्रि अलमेन्ट एक दुईदिनमा हुने र सेयर बाँडफाँड एकसाताभित्रै हुने बताइएको छ ।

Advertisement

तर बाँडफाँड हुने सेयर सेयर सबैलाई नपर्ने पक्का भएको छ । आयोजनाले प्रभावित नुवाकोटका स्थानियवासीलाई जारी गरेको सेयरमा ४६ हजार ८५ जनाले आवेदन दिएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएका छन ।

४६ हजार ८५ जनाले सेयर माग गरेसँगै करिव ६ हजार ८५ जनाको हात खाली हुने देखिएको हो । कम्पनीको आईपीओमा २८ करोड १९ लाख ६० हजार ५ सय बराबरको आवेदन परेको हो ।

Advertisement

कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

आयोजनाको ९८ प्रतिशत काम पुरा

निर्माणाधीन ५ मेगावाटको जलविद्युत आयोजनाको काम ९८ प्रतिशत पूरा भएको छ ।

आयोजनाको सिभिल संरचनाको काम सम्पन्न भएको कम्पनीका सचिव शुक्रराज ढंगोलले बताए । उनका अनुसार बाँध, पेनस्टक पाईपालाइन र विद्युतगृहको सिभिल संरचनाको काम सम्पन्न भएको छ ।

‘आयोजनाको हाइड्रोमेकानिकल उपकरण जडानको काम सकिएको छ,’ उनले भने, ‘इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि अन्तिम चरणमा पुगगेको छ, बाँकी भदौभित्र पूरा गरिनेछ ।’ आयोजनाको बाँकी २ प्रतिशत काम पूरा गरेर आगामी असोजभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको ढंगोलले बताए ।

आयोजनाबाट उत्पादन भएको विद्युत ३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको त्रिशुली ३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । लाइनको टावर ठड्याउने काम सकिएको छ । तार तान्ने काम आधाभन्दा बढी पूरा भएको छ । आयोजना सम्पन्न गर्न १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा माछापुच्छ्रे, बैंक अफ काठमाडौं, एनसीसी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

तादी बेसिनमा योे आयोजनासँगै थप २५ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा ३ देखि ११ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण अघि बढेका छन् ।

 

प्रतिक्रिया