बट्टारमा तार झर्दा सडक अवरुद्ध

विदुर खबर २०७५ साउन ३० गते १५:१९

बट्टार÷बिदुर नगरपालिका वडा नम्बर ४ स्थित बट्टार क्याम्स गेट अगाडी बिजुलीको तार सडकमै लर्तेका कारण सवार साधन सञ्चालनमा ठप्प भएको छ ।

Advertisement

ब्ुधबार साँझ करिब ६ बजेर ३० मिनेटमा बिजुलीको ताल सडक छुने गरी खसेका कारण ठूला तथा मध्यम खालका सवारीसाधनहरुको आवतजावत बन्द भएको छ । मुख्य सडक मार्गमा तार झरेका कारण सबारी साधनहरु एकैतर्फ फर्किन बाध्य भएका छन् । अहिले अबिरल परेको बर्षाको कारण तार पन्छाउन समस्या भैरहेको बिधुत् प्राधिकरण नुवाकोट शाखाले जनाएको छ । बिजुलीको तारलाई ब्यबस्थित रुपमा पन्छाउनको लागी नेपाल बिघुत् प्राधिकरण नुवाकोट शाखाका कर्मचारी र प्रहरीहरुले कार्य गरिरहेका छन् ।

बिजुलीको तार सडकमा लत्रिएसँगै बट्टार बजार क्ष्ोत्रमा बिजुली बितरण गर्न रोक लगाईएको छ । भारी बर्षाको कारण सडकमा झरेको तार पन्छाउन समस्या हुँदै गईरहेको छ ।

Advertisement

प्रतिक्रिया