एमाले फुटको असर नुवाकोटमा न्युन
नुवाकोट । पार्टी विभाजन सम्बन्धि अध्यादेशका कारण केन्द्रमा विभाजित नेकपा एमालेको फुटको असर नुवाकोटमा भने अत्यन्तै न्युन परेको देखिन्छ।
अध्यक्ष केपि शर्मा वलि र वरिष्ट नेता माधव नेपाल बिचको मतभेदका कारण पार्टि विभाजन भए सँगै त्यस अघि माधव नेपाललाई साथ दिईरहेका संघिय साँसद तथा तत्कालीन एमाले नुवाकोट अध्यक्ष नारायण खतिवडाले कित्ता परिवर्तन गरि एमालेमै रहेपछि लगभग आधाआधामा विभाजित एमाले नुवाकोट एक भएको हो।
संस्थापन पक्षका प्रभावशाली नेता तथा बाग्मति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केशव राज पाण्डे, प्रदेश सभासद् तथा संस्थापन पक्षका जिल्ला अध्यक्ष बद्रि मैनालि, प्रदेश सभासद् आशामाया तमाङ्ग यस अघिनै ओलि समुहमा खुलिसकेका थिए।
नेकपा एमालेले जितेका ३ पालिका प्रमुख मध्ये वेलकोटगढि नगरपालिकाका मेयर तथा नुवाकोट एमालेका प्रभावशाली नेता राजेन्द्र रमण खनाल र तारकेश्वर गाउपालिकाका अध्यक्ष रमेश वस्ति यस अघिनै केपि ओलि खेमामा खुलिसकेका थिए भने विदुर नगरपालिकाका मेयर सन्जु पण्डित भने यस अघि माधव नेपाल खेमामा रहेका थिए।
पार्टी भित्रको अन्तरसंघर्षको क्रममा माधव समुहमा रहेका मेयर सन्जु पंण्डितले माधव नेपालको पार्टी विभाजनको गलत निर्णयलाई आफुले साथ दिन नसक्ने बताउनुभएको छ। त्यस्तै एमालेबाट निर्वाचित ३ उपप्रमुखमध्ये तिनै जना एमालेको पक्षमा रहेका छन्। एमालेबाट निर्वाचित ३५ जना वडा अध्यक्ष मध्ये ३३ जना तथा १५७ जना वडा सदस्य मध्ये १५१ जना एमालेमै रहेका छन्।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार सनाखतको समयसिमा भित्र शिवपुरी गाउँ पालिकाका वडा अध्यक्ष २ जना तथा वडा सदस्य ४ जनाका साथै तादि गाउँपालिका र ककनि गाउँपालिका का १/१ वडा सदस्य गरि कुल ८ जना जनप्रतिनिधि ले एमाले परित्याग गरि माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा सनाखत गरेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया