नुवाकोटमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४८ जनाको पिसिआर र ६ जनाको एन्टीजेन परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ३१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ९ जना कोरोना संक्रमित कोरोनामुत्त भएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हजार ८ सय ४४ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले बताए ।
यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ४० पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये एकसय ३२ जना होम आइसोलेसनमा, ५ जना अस्पतालमा र ३ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।
हालसम्म जिल्लामा ४६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएकको छ ।
जिल्लामा हालसम्म २७ हजार ६४ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया