सक्कली सुन महँगो हुँदा नक्कलीमा झुम्मिए उपभोक्ता, तीजले बढ्यो व्यापार

विदुर खबर २०७८ भदौ २४ गते २१:१८

नुवाकोट । सक्कली सुनको भाउ महँगो हुँदा नक्कली सुनका गहनामा झुम्मिने उपभोक्ता बढेका छन्।

Advertisement

सक्कली सुन तोलाको ९० हजार रुपैयाँ भन्दा तल नओर्लिएपछि पछिल्लो समय बजारमा नक्कली सुन तथा सुनको जलप लगाइएका गहना किन्ने ग्राहक बढेको व्यापारीहरु बताउँछन्।

‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ स्लोगन जोडिएको नक्कली सुनका गरगहनामा खासगरी औसत तथा न्यून आय हुने उपभोक्ताहरुको झुकाव बढी रहेको पाइन्छ। यस्ता गहनामा ५० रुपैयाँदेखि बढीमातीन हजार रुपैयाँसम्म पर्ने गहनाहरु अहिले ग्राहकोरोजाइमा धेरै परेको छ।  हेर्दा सक्कली सरह दुरुस्तदेखिने सुनको जलप लगाइएका तथा नक्कली सुनका गहनाहरु बजारमा सहजै पाइन्छन्।यसैले पहिले सीमित उपभोक्ताले मात्र प्रयोग गर्ने  नक्कली सुनका गहना अहिले मध्यम आय हुने वर्गसम्मट्रेण्डका रुपमा रहेको छ।

Advertisement

यस्ता गहनाको व्यापार चम्कन थालेपछिअचेल कस्मेटिकपसल, ब्युटी पार्लर, कपडापसल, गिफ्ट सप लगायतका व्यापार आउटलेटमा पनि नक्कली सुनका गहना बाक्लै भेटिन्छन्। नयाँ नयाँ डिजाइनमा आउने भएकाले पनि नक्कली गहनाको माग बढेको व्यवसायीहरुले बताएका छन्।

चाडपर्वमा महिलाहरुले गहनालाई विशेष महत्त्व दिने भएकाले सुनचाँदीको मूल्य उच्च भएपछि जलपी सुनप्रति उपभोक्ताको आकर्षण बढेको काठमाडौं मखनका नक्कलीगहना  व्यापारी राककृष्ण पौडेल बताउँछन्। मखनकै सिके इमिटेशन ज्वेलर्सले पनि तीजका कारण नक्कली सुनका गहनाको माग अत्याधिक रहेको जनाएको छ। यसका अनुसार चाडपर्वको समयमा नक्ककली गहनाको माग पहिलेभन्दा दोब्बरले बढेको छ। होलसेल र रिटेल पसलमानै जलपी गहनाको बिक्री राम्रो रहेको ज्वेलर्सले बतायो।

Advertisement

पौडेलका अनुसार अघिल्ला वर्षहरुभन्दा यसपालि जलपी गहनाको माग ह्वात्तै बढेको छ। ‘पहिले यस्ता गहनाको माग कम थियो। सीमित मान्छे जलपी सुनखोज्दै आउँथे। अहिले नक्कली सुन सबैले किनेर लगाउन थालेका छन,’ पौडेल भन्छन्, ‘तीजका कारण यतिबेला जलपी गहना किन्न आउने ग्राहक अत्याधिक हुँदा बस्ने फसर्दहुँदैन।’ नक्कली सुनका गहनाको माग धेरै भएकाले नै यसको बिक्री गर्ने खुद्रा पसलहरुको संख्या बढ्दै गएको र कहिलेकाहीँ माग भएजति दिन नै नसकिने अवस्था रहेको उनको भनाइ छ।

सामान्यस समयमा दैनिक १० हजार रुपैयाँ हाराहारीको नक्कली गहनाको बिक्री हुने पसलमा तीजका कारण दिनमा ३० हजारभन्दा बढीको व्यापार हुने गरेको व्यवसायी मनोहर शाहले बताए। कस्मेटिक भन्दा नक्कली सुनको माग र बिक्री धेरै छ। ‘ग्राहकलेबजारमा चलेका डिजाइन धेरै खोज्छन्। होलसेलमै एकपटक ल्याएको गहना अर्को पटक नपाइने अवस्था छ,’उनले भने ।
एकपटक किनेको गहनाको कलर गएपनि  पसलले पुनः कलर गरिदिन्छ। अझ ६ महिनासम्मको वारेन्टी पनि हुने भएकाले जलपी गहना उपभोक्ताको रोजाइमा पर्ने गरेको शाहले बताए।

‘जलपी सुन निर्धक्क भएर लगाउने गरेका छन्।खोजेको जस्तो डिजाइनमा क्वालिटीको जलपी गहना पाइने भएपछि सक्कली सुनप्रति उपभोक्ताको आकर्षण कम भएको छ,’ उनले भने, ‘बजारमा पाइने सुनका औंठी, बाला, सिक्री, तिलहरी, रानीहार, झुम्का लगायतका सबै गहनाहरु जलप लगाएकोमा पनि दुरुस्तै र सस्तो मूल्यमा पान्छन्।

यसैले सुन खरिद गर्न नसक्नेहरुका लागि नकक्ली सुनले रहर पूरा गरिदिएको छ

प्रतिक्रिया