अब हुलाकले जिल्ला-जिल्लामा राहदानी पुर्याउने
नुवाकोट । हुलाक : चिट्ठीपत्र लिने, ल्याउने र लैजाने व्यवस्था गर्ने सरकारी अड्डा । नेपाली बृहत् शब्दकोषले हुलाकलाई यसरी अर्थ्याए पनि अब भने यसले राहदानी ओसारपसारको काम समेत गर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयले काठमाडाैंमा जारी गर्ने ती राहदानी अर्थात् पासपाेर्ट १ असोजदेखि जिल्ला प्रशासन कार्यालयहरूले हुलाक कार्यालयमार्फत पाउने छन् । समाजमा आएकाे तीव्र डिजिटल परिवर्तनसँगै अब पहिलेझैँ चिट्ठीपत्र ओसारपसार गर्नु नपर्ने भएकाले करिब बेकामे बनेको हुलाकले पनि नयाँ जिम्मेवारी पाउने भएकाे हाे । यसरी हुलाकलाई नयाँ किसिमबाट अघि बढाउने गरी बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
बिहीबार राहदानी विभागका तर्फबाट महानिर्देशक डोरप्रसाद अर्याल र हुलाक सेवा विभाग महानिर्देशक आभा श्रेष्ठ कर्णले जिल्ला प्रशासन कार्यालयहरूले हुलाक कार्यालयबाटै राहदानी बुझ्न सक्ने व्यवस्था मिलाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौता १ असोजदेखि कार्यान्वयन हुने राहदानी विभागका महानिर्देशक अर्यालले बताए ।
उनका अनुसार प्रारम्भिक चरणमा विभागले राहदानी विभागबाट जारी राहदानी पुलिन्दाहरू पूर्व-पश्चिम लोकमार्गमा रहेका हुलाक कार्यालयहरूसम्म ओसारपसार गर्नेछ ।
चालु आर्थिक वर्षको बजेटमा हुलाक सेवालाई पुनर्संरचना गरिने उल्लेख गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया