शिवपुरी गाउँपालिकाका ८ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे

विदुर खबर २०७८ भदौ २१ गते २१:०४

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निर्वाचित नुवाकोटको शिवपुरी गाउँपालिकाका ८ जनप्रतिनिधिले सोमबार नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

Advertisement

जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा सोमबार उपस्थित भई उनीहरूले नयाँ दलमा खनाखत गरेका हुन् । नेकपा (एस) पार्टीमा सनाखत गर्नेहरूमा शिवपुरी गाउँपालिका वडा नमबर ५ का वडाध्यक्ष सिताराम थापा, वडा नम्बर ८ का वडाध्यक्ष पदम बहादुर थपलिया रहेका छन् ।

यस्तै वडा नम्बर ४ का वडा सदस्य सन्तोष थापा, वडा नम्बर ६ का वडा सदस्य ज्ञानबहदुर तामाङ, वडा नम्बर ४ का महिला सदस्य कुमारी बिक, वडा नम्बर ८ की ठुलीमाया तामाङ , वडा नम्बर ५ का वडा सदस्य शर्मिला सुनवार र वडा नम्बर ८ का लक्ष्मी मिजार रहेका छन ।

Advertisement

उनीहरुले जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा उपस्थित भई एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जनाइएको छ ।

यससँगै नुवाकोटमा नेकपा (एकीकृत समाजवादी) मा खुल्ने जनप्रतिनिधिको संख्या ९ पुगेको छ । यस अघि आइतबार तादी गाउँपालिका वडा नम्बर ३ की महिला सदस्य रामकुमारी श्रेष्ठले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेकी थिइन् ।

Advertisement

एकीकृत समाजवादीमा सनाखत गर्ने जिल्लामा ९ जना भइसकेको र मंगलबार विदुर नगरपालिकाका जनप्रतिनिधिहरूले सनाखतका लागि निर्वाचन आयोगमा सहभागी हुने बताइएको छ ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार मंगलबारसम्म जनप्रतिनिधिहरूले दल रोज्न पाउने समय भएकाले नुवाकोटमा अझै केही जनप्रतिनिधिले एमाले पार्टी छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्न सक्ने बताए ।

प्रतिक्रिया