नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ८५ पुग्यो
विदुर खबर
२०७८ भदौ २१ गते ९:४६
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।
पछिल्लो दुईसातादेखि जिल्लामा कोरोना संक्रमित भेटिन छाडेपछि जिल्लामा सक्रिय कोरोना संक्रमित घट्न थालेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १२ जना कोरोना संक्रमित कोरोनामुत्त भएसँगै जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या एकसय ८५ पुगेको हो ।
यस्तै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हजार ७ सय २७ पुगेको छ । यस्तै जिल्लामा कोरोना संक्रमितको ७ हजार ९ सय ५७ पुगेको छ ।
हालसम्म जिल्लामा ४५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
Advertisement
नुवाकोटमा हालसम्म २६ हजार ७ सय ३५ जनाको पिसिआर परिक्षण गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया