कांग्रेस नुवाकोटको आज ८८ वट्टै वडाको अधिवेशन

विदुर खबर २०७८ भदौ २१ गते ७:०५

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको आज ८८ वट्टै वडाको वडा अधिवेशन हुँदैछ ।

Advertisement

वडा अधिवेशन नजिकिएसँगै प्रत्येक वडाका वडा सभापतिका उम्मेद्धवारहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई तिव्र पारेका छन् ।

यसअघि भदौ १८ गते हुने भनिएको अधिवेसन मंगलवार वसेको निर्वाचन समिति र नेपाली काग्रेँस जिल्ला कार्यसमितिको सयुत्त बैठकले जिल्लाका ८८ वटै वडा अधिवेसन आज गर्ने निर्णय गरेको थियो ।

Advertisement

प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुनेछ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुँदैछ ।

Advertisement

प्रतिक्रिया