सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो
विदुर खबर
२०७८ भदौ २० गते १२:४८
नुवाकोट । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार नाै सय रुपैयाँमा कारोबार भएकोमा चालु साताकाे पहिलाे दिन आइतबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।
त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७८ हजार १५ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम गरेको छ ।
यस्तै, चाँदी प्रति १० ग्रामको मूल्य एक हजार ५४ रुपैयाँ ५० पैसा तोकिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया