पन्जशिरमा ६ सय तालिवान लडाकू मारिए
विदुर खबर
२०७८ भदौ २० गते ११:२०
नुवाकोट । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ ।
पन्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच बिगत तीन दिनदेखि भीषण युद्ध भइरहेको छ । ‘पन्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिवान अतिवादी मारिएका छन् । त्यस्तै, एक हजार भन्दा बढी लडाकूले आत्मसर्मपण गरेका छन्,’ रेसिस्टन्स फ्रन्टका प्रवत्ता फहिम दास्तीले ट्विट गरेका छन् ।
तालिवानलाई अन्य प्रान्तबाट सामान आपूर्ती गर्न कठिनाइ भएको समेत दास्तीले दाबी गरेका छन् ।
यसैबीच, पन्जशिरका बिभिन्न स्थानमा भूमिगत बिस्फोटक पर्दाथ बिच्छाइएकोले फ्रन्टबिरुद्ध तालिवानले आक्रमक हमला गर्न नसकेको समाचार विवरणमा जनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया