५१ किलो लागुऔषध गाँजासहित ४ जना पक्राउ
नुवाकोट । ५१ किलोग्राम लागुऔषध गाँजासहित चितवन प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बिभिन्न चार जनाको साथबाट बिभिन्न समयमा उक्त गाँजा बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।
काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ना ७ ख ५०११ नम्बरको रात्री बसबाट चितवन रत्ननगर नगरपालिका–१५ माधवपुरका २७ वर्षीय सोनाम बाइवाको साथबाट ७ किलो, कालिका नगरपालिका– ८ कालिकाटोलका २५ वर्षीय विमल तामाङबाट ६ किलो र बूढानीलकन्ठ नगरपालिका–३ तउलुङका २० वर्षीय राजकुमार तामाङको साथबाट ३ किलो गाँजा बरामद गरिएको चिवन प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
यस्तै १५ माघ २०७६ मा चितवन राप्ती नगरपालिका–१ नयाँबस्तीमा ना २ ह ५८८० नम्बरको अटो रिक्साबाट ७ वटा पोकामा ३५ किलोग्राम गाँजा फेला पारी फरार रहेका सोही ठाउँका २० वर्षीय मिनराज घलानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद लिई थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया