चट्याङ लागेर २४ वर्षीय युवकको मृत्यु
विदुर खबर
२०७८ भदौ १८ गते १३:१४

नुवाकोट । तनहुँमा शुक्रबार बिहान चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु भएको छ ।
भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।
बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै गर्दा उनलाई चट्याङ लागेको हो । घाइते अवस्थामा उपचारका लागी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएको मृत्यु भएको तिमल्सिनाले बताए । बिहान १० बजेर २२ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
विकको शव पोष्टमार्टमका लागी दमौली अस्पताल लगिँदैछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया