सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/04/Share-Bull-and-Bear1613396466.png)
नुवाकोट । आज साताको पाँचौं दिन सेयर बजार राताम्मे भएको छ ।
बिहीबार सेयर बजारमा ५०.२८ अंकको गिरावट आएको छ । बुधबार झिनो अंकका साथ बढेको सेयर बजार बिहीबार पुनः उच्च अंकले गिरावट आएको हो ।
हिजो १.१४ अंकले नेप्से बढेको थियो । आज १.६८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २९२६.८९ अंकमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजारमा कुल एक करोड ८१ लाख नाै हजार ९६७ कित्ता सेयर किनबेचबाट कुल नाै अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।
आज विकास बैंक, हाइड्रोपावर, फाइनान्स र लगानी समूहमा तीन अंकभन्दा माथिको गिरावट आएको छ भने बाँकी सबै समूहका सूचकहरु शून्यदेखि एक अंकको हाराहारीमा आरालो लागेका छन् । आज सबै समूह रात्ताम्मे भएको छ ।
सबैभन्दा धेरै कमाउनेमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी छ । कम्पनी ३०.९० अंकले फाइदामा गएको छ । त्यस्तै, आज सबैभन्दा धेरै घाटा व्यहोर्नेमा व्यहोर्ने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ । कम्पनी ७८.९० अंकले घाटामा गएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया