पछिल्लो २४ घण्टामा नुवाकोटमा १३ जना कोरोना संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको पिसिआर र १४ जनाको एन्टीजेन परिक्षण गर्दा १३ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये ९ पुरुष र ४ महिला रहेका छन् ।
भेटिएका संक्रमितमध्ये विदुर नगरपालिकाका ५ जना रहेका छन् भने शिवपुरी गाउँपालिकाका ४ जना रहेका छन् । यस्तै बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका, तादी गाउँपालिका र म्यागड गाउँपालिकामा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३० जना कोरोना संक्रमित कोरोनामुत्त भएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ७ हजार ६ सय ३३ पुगेको छ ।
यससँगै जिल्लाम सक्रिय कोरोना संक्रमितको संख्या २ सय ५२ पुगेको छ । सक्रिय संक्रमितमध्ये २ सय २३ जना होम आइसोलेसनमा, १७ जना अस्पतालमा र १२ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।
यस्तै नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ४५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म २६ हजार ५ सय ५३ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया