नेपालमा १ करोड डोजभन्दा बढी कोरोना खोप लगाइयो
विदुर खबर
२०७८ भदौ १७ गते ७:०१
नुवाकोट । नेपालमा बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोप १ करोड डोजभन्दा बढी लगाइएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ९३ हजार १ सय ५१ डोज खोप लगाइएसँगै नेपालमा १ करोडभन्दा बढी डोज नाघेको हो ।
नेपालमा गत वर्षको माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । अहिलेसम्म नेपालमा १७.९ प्रतिशत अर्थात ५४ लाख २४ हजार ८ सय ३६ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन् ।
त्यस्तै खोपको दुवै मात्रा लगाउनेको संख्या १५.४ प्रतिशत अर्थात ४६ लाख ६७ हजार ३ सय २८ रहेको छ ।
सरकारले नेपालको कुल जनसंख्याको ७१.६ प्रतिशत अर्थात २ करोड ७५ लाख ६ हजार ७ सय ६३ लाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।
Advertisement
नेपालमा अहिले भारतमा निर्मित कोभिसिल्ड, चीनको भेरोसेल, अमेरिकाको जोन्सन एन्ड जोन्सन, जापानमा बनेको एस्ट्राजेनेका र स्विडेनमा बनेको एस्ट्राजेनका खोप लगाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया