नेपाल र पीएनजीबीचको खेल प्रत्यक्ष प्रसारण हुने

नुवाकोट । नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्युगिनी (पीएनजी)सँग खेल्ने दुई खेलको प्रत्यक्ष प्रसारण (लाइभ) हुने भएको छ ।
मंगलबार नेपाल क्रिकेट संघ (क्यान) र डिस होमबीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको क्यानले जनाएको छ ।
क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार खरिद गरिसकेको डिस होमले अब नेपालले ओमानमा खेल्ने पीएनजीसँगका दुई खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।
सम्झौतामा क्यानका तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह र डिस होमका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गरेका थिए ।
नेपालले पीएनजीसँग ५ र ८ सेप्टेम्बरमा खेल्नेछ । यस सिरिजका लागि नेपाली टिम केही दिन अगाडि ओमान पुगिसकेको छ भने पीएनजी पनि मंगलबार ओमान पुगेको छ ।
पीएनजीसँग नेपालले खेल्ने दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय दिवा-रात्रि हुनेछ, जुन नेपालले खेल्न लागेको पहिलो दिवा-रात्रि एक दिवसीय अन्तर्राष्ट्रिय खेल हो ।
पीएनजीसँगको खेलपछि नेपाली टिमले अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया