डिजेल खन्याएर आत्मदाह
विदुर खबर
२०७८ भदौ १५ गते १५:५६

नुवाकोट । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ कि एक महिलाले शरीरमा डिजेल खन्याएर आत्मदाह गरेकी छन् ।
४० बर्षीया मिना कुमारी श्रेष्ठले शरीरमा डिजेल खन्याएपछि आगो लगाएर आत्महत्या गरेकी हुन् । सोमबार बिहान घरदेखि करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ती महिलाले घरमा भएको प्रज्वलनशील पदार्थ डिजेल शरीरमा खन्याएपछि आगो लगाएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
महिलाले आत्महत्या गरेको ठाउँमा डिजेल प्रयोग गरिएका बोतल र सानो झोला फेला परेको छ । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ ।
ती महिला केही समयअघि कोरोना संक्रमित भएर निको भएकी थिइन् । उनका नाबालक दुई छोरी छन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया