बट्टार क्याम्पस प्रमुख भोला पाण्डेको कुर्सी जलाइयो

विदुर खबर २०७८ भदौ १५ गते ९:२७

नुवाकोट । कक्षा संचालनको माग गर्दे नुवाकोट आर्दश वहुमुखी क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रमुख भोला प्रसाद पाण्डेको कुर्सी जलाएका छन् ।

Advertisement

विद्यार्थीहरुले लामो समयदेखि क्याम्पसमा पढाई नभएको तथा अनलाइन कक्षाको माग गरेपनि क्याम्पस प्रमुख पाण्डेले कक्षा संचालन नगरेकोले आफुहरु विरोधमा उत्रनु परेको विद्यार्थीहरुले बताएका छन् ।

क्याम्पस प्रमुख पाण्डेलाई जिम्मेवारी बोध गराई विद्यार्थीको पढाई सुचारु गर्न र विद्याथीहरुलाई छात्रवृति प्रदान गराउन दवाव दिने उदेश्यले विरोधमा उत्रनु परेको विद्यार्थी रामेश्वर गजुरेलले् जानकारी दिए ।

Advertisement

यस्तै अखिल क्रान्तिकारी नुवाकोटका विद्यार्थी नेता राजेन्द्र पनेरुले क्याम्पस प्रमुखले राजनीतिक खोल ओडेर क्याम्पसमा राजनिति गरिरहेको आरोप लगाए । उनले क्याम्पस प्रमुख पाण्डेले क्याम्पसमा संचालक समिति बनाउने । भत्काउने कामम लागेको बताए ।

यसअघि विद्यार्थीहरुले क्याम्पस प्रशासनमा पटकपटक कक्षा संचालनको माग गर्दे लिखित र मौखिक उजुरी दिएपनि क्याम्पस प्रशासनले नटेरेकोले विरोधमा उत्रनु परेको बताएका छन् ।

Advertisement

प्रतिक्रिया