बालिका बलात्कारको आरोपमा फरार शिक्षक पक्राउ

विदुर खबर २०७८ भदौ १५ गते ८:५२

नुवाकोट । बालिका बलात्कारको आरोपमा फरार रहेका एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ ।

Advertisement

१४ वर्षीया बालिकालाई बलात्कारको आरोप लागेर फरार शिक्षकलाई सोमबार बेशिसहरबाट  पक्राउ गरिएको हो ।

बालिका बलात्कारको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले  पक्राउ गरेको हो । यसअघि बालिकालाई बलात्कारको आरोपमा सोही गाउँका अर्जुनविक्रम थापाविरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

Advertisement

बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफुमाथि भएको बलात्कार घट्नाको बारेमा खुलाएपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रकृया अघि बढेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ ।

 

Advertisement

प्रतिक्रिया