कोभिडबाट विश्वभर ४५ लाखको मृत्यु, २१ करोड संक्रमित
नुवाकोट । विश्वभर महामारीको स्वरुप लिएको कोभिड–१९ बाट अहिलेसम्म संसारभर ४५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
विश्वका सबै मुलुकमा फैलिएको कोभिडबाट आइतबारसम्म ४५ लाख ८ हजार मानिसको मृत्यु भएको वल्डोमिटरको तथ्यांकमा उल्लेख छ । डेढ वर्षअघि चीनको वुहान प्रान्तबाट फैलिएको मानिएको कोभिडबाट अहिलेसम्म २१ करोड ६७ लाख ६६ हजार सात सय संक्रमित बनेकोमा १७ करोड ३६ लाख ९७ हजार जना उपचारपछि निको भएका छन् ।
कोभिडबाट सबैभन्दा धेरै अमेरिकीको ज्यान गएको छ । तीन करोड ६१ लाख संक्रमित अमेरिकीमध्ये ६ लाख ५४ हजार ३ सय ८१ को मृत्यु भएको छ ।
अमेरिकापछि ब्राजिलका मानिसको धेरै मृत्यु भएको छ । बाज्रिलमा कोभिडबाट सोमबारसम्म पाँच लाख ७९ हजारको मृत्यु भइसकेको छ । त्यहाँ दुई करोड ७२ लाख संक्रमित छन् ।
छिमेकी मुलुक भारत कोभिडका कारण सर्वाधिक मृत्यु हुने देशको तेस्रो सूचीमा परेको छ । भारतका तीन करोड २७ लाख संक्रमितमध्ये चार लाख ३८ हजारको मृत्यु भइसकेको छ ।
कोभिडविरुद्ध विकासाेन्मुख देशमा खोप प्रक्रियालाई तीब्र दिएसँगै संक्रमण र मृत्यु हुनेको संख्या पनि क्रमिक रुपमा घटेको छ । अमेरिकाले यही सेप्टेम्बरदेखि कोभिडविरुद्ध तेस्रो खोप दिने तयारी गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया