करेन्ट लागेर एकजनाको ज्यान गयो
विदुर खबर
२०७८ भदौ १३ गते १६:११

नुवाकोट । सर्लाहीको चन्द्रनगरमा चापाकल चलाउन खोज्दा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
आइतबार चन्द्रनगर गाउँपालिका–६, बस्ने ५० बर्षका नागेश्वर मण्डलको आफ्नै घरमा रहेको चापाकल चलाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो । पानी तान्ने मोटर जडान भएको चापाकलबाट करेन्ट लागेर गम्भीर भएका मण्डललाई तत्काल जिल्ला अस्पताल मलंगवा पुर्याइएको थियो ।
अस्पताल पुर्याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । पानी तान्ने मोटरबाट करेन्ट लिक भएको चापाकल चलाउन खोज्दा मण्डललाई करेन्ट लागको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
मृतक पुरुषको शव परीक्षणको लागि जिल्ला अस्पतालमा राखिएको छ ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया