इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बराबर खेले
नुवाकोट । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबर खेलेका छन् ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित चेल्सीसँग १-१ गोलको बराबरीमा खेलेको हो ।
पहिलो हाफको अन्तिम समयमा मोहमद सलाहले पेनाल्टीबाट गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
रेफ्रीले रीस जेम्सलाई रातो कार्ड दिँदै मैदानबाट बाहिरसमेत पठाएका थिए । जेम्सले साडियो मानेको प्रहार गोललाइनबाट हातले क्लियर गरेका थिए।
बराबरीसँगै लिभरपुलले ३ खेलबाट ७ अंक जोडेको छ। लिभरपुल तालिकाको तेस्रो स्थानमा रहेको छ।
चेल्सीले पनि ३ खेलमा ७ अंक जोडेको छ । चेल्सी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
राति नै भएको अन्य ५ खेलमा एस्टन भिल्ला र ब्रेन्टफोर्डले १-१ को बराबरी खेले । घरेलु टोली ब्राइटन एभर्टनसङ २-० गोल अन्तरले पराजित भयो ।
न्युक्यासल र साउथह्याम्पटनले २-२ को बराबरी खेल्दा लेस्टर सिटीले नर्विच सिटीलाई २-१ गोल अन्तरले पराजित गर्याे । यस्तै बेस्ट हम युनाइटेड र क्रिस्टल प्यालेसले २-२ को बराबरी खेले ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया