अफगानिस्तान छाड्न थाले अमेरिकी सैनिक
नुवाकोट । पूर्वघोषित योजना अनुसार अमेरिकी सैनिक अफगानिस्तान छाड्न थालेका छन् ।
तोकिएको समयसी अगस्ट ३१ नजिकिँदै जाँदा अमेरिकी सेना स्वदेश फिर्ता हुन थालेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले जानकारी दिए ।
काबुलस्थित विमानस्थलबाट आफ्ना सेना फर्किन थालिसकेको जानकारी दिएका उनले हालसम्म के कति संख्यामा स्वदेश फर्किए भनेर बताएनन् । उनले निश्चित समयसीमा भित्र अफगानिस्तानबाट सबै सेना फिर्ता गराउने प्रयास भइरहेको बताए।
अमेरिकाले काबुलबाट आफ्ना झण्डै एक लाख १२ हजार नागरिकको उद्धार गरेको छ । तालिबान समूहको कब्जापछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेका हुन् ।
गत बिहीबार मात्र काबुलस्थित विमानस्थल नजिकै बम विस्फोट भएको थियो । त्यसको भोलिपल्ट अमेरिकाले ड्रोन आक्रमण गरेको थियो ।
अमेरिकी सेनाका मेजर जनरल विलियम टेलरले ड्रोन हमलामा आईएसआईएसका दुई आतंककारी मारिएको र एकजना घाइते भएको बताएा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया