भिरबाट लडेका युवा संघ नेताको मृत्यु
विदुर खबर
२०७८ भदौ १२ गते १९:२४

नुवाकोट । भिरबाट लडेर गम्भीर घाइते भएका युवा संघ नेपाल बैतडीका सदस्य विजय भाटको उपचारको क्रममा मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका– ५ दमरखोली घर भएका ३० वर्षीय भाटको उपचारको क्रममा शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको हो ।
बिहीबार साँझ सदरमुकामबाट घर फर्कने क्रममा कलुवाड मोडबाट लडेर भाट घाइते भएकाथिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
मृतक भाटका एक वर्षका छोरा र २२ बर्षकी श्रीमती छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया