पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु
नुवाकोट । पछिल्लो २४ घण्टामा दुई हजार ६५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुुसार पछिल्लो २४ घण्टामा १३ हजार एक सय १७ जनामा परीक्षण गर्दा दुई हजार ६५ जनामा कोरोना संक्रमण देखिएको हो ।
सक्रिय संक्रमित संख्या ३७ हजार पाँच सय ९९ रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी संक्रमण भएका जिल्ला २० रहेका छन् । नेपालमा संक्रमणको दर १९ दशमलव ५ प्रतिशत रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सात लाख आठ हजार दुई सय ३० जना संक्रमणमुक्त भएका मन्त्रालयले दिएको विवरणमा उल्लेख छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९३ दशमलव ६ प्रतिशत रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म १० हजार ६ सय ६३ जनाको संक्रमणबाट ज्यान गएको छ । मन्त्रालयकाअनुसार नेपालमा प्रतिदश लाखमा तीन सय ५९ दशमलव ४ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै ६ सय २२ जना सघन उपचार कक्ष (आईसीयू), एक सय ७१ जना भेन्टिलेटर, ३४ हजार ६ सय ७३ जना होम आइसोलेसन, दुई हजार नौ सय २३ जना संस्थागत आइसोलेसन र तीन सय ३७ जना क्वारेन्टाइनमा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया