नुवाकोटमा पछिल्लो २४ घण्टामा ३१ जना कोरोनामुत्त
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ३१ जना कोरोनामुत्त भएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३१ जना कोरोनामुत्त भएर घर फर्किएका हुन् ।
यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हजार ४ सय ७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १८ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिकाका १२ जना रहेका छन् । यस्र्तै म्यागङ गाउँपालिकाका ३ जना रहेका छन् भने बेलकोटगढी नगरपालिकाका २ जना रहेका छन् ।
त्यस्र्तै शिवपुरी गाउँपालिकाका एक जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । यससँगै नुवाकोटमा कोरोना संक्रमतिको संख्या ७ हजार ८ सय ३७ पुगेको छ ।
जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६० पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ३ सय १५ जना होम आइसोलेसनमा, २५ जना अस्पतालमा र २० जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
नुवाकोटमा हालसम्म ४४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
जिल्लामा हालसम्म २६ हजार २ सय ६१ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयको भनाइ रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया