जीवन विकास लघुवित्तको सेयरमा एक हजार लगानी गर्नेले कमाए ५२ हजार
विदुर खबर
२०७८ भदौ ११ गते ११:४१
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/08/jeevan-bikas-laghubitta-p405qcvilqh6g4aecvxqzt5229s8vfs1wywc5b50pe.jpg)
नुवाकोट । जीवन विकास लघुवित्त कम्पनीको सेयर प्रतिकित्ता ५ हजार रुपैयाँभन्दा माथि पुगेको छ ।
आइपीओ दोस्रो बजारमा सूचिकृत भएसँगै सकारात्मक सर्किटका साथ उकालो लागेको कम्पनीको सेयर मूल्य बिहीबार पनि सकारात्मक सर्किटलाई कायम राख्दै ५ हजार रुपैयाँभन्दा माथि पुगेको हो ।
गत साउन १४ गतेदेखि दोस्रो बजारमा कारोबार शुरु गर्दा प्रतिकित्ता ९८९.१० रुपैयाँ थियो । त्यसपछि कम्पनीको सेयर मूल्य लगातार उकालो लागिरहेको छ ।
आइपीओ बाँडफाँटमा १ हजार रुपैयाँ लगानी गरी १० कित्ता पाउने लगानीकर्ताको मूल्य अहिले बढेर ५१ हजार ९८० रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्तापुँजी ६० करोड ८४ लाख रुपैयाँ छ भने कम्पनीको कुल ६० लाख ८४ हजार कित्ता दोस्रो बजारमा सूचीकृत छ । कम्पनीको बजारपुँजीकरण बिहीबारसम्म ३१ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया