बच्चालाई झाडापखाला किन लाग्छ ? कसरी ठीक पार्ने ?
नेपालमा अत्यन्त आम समस्याको रुपमा रहेको रोग हो, झाडापखाला । वर्षेनी ठूलो संख्यामा बालबालिकाहरुको झाडापखालाले गर्दा मृत्यू हुने गरेको छ ।
बच्चाहरुलाई दिनभरमा तीनपटक वा सोभन्दा बढि पानीजस्तो पातालो दिसा लाग्यो भने त्यसलाई झाडापखाला भनिन्छ । अवस्था गम्भीर भएमा उनीहरुलाई ज्वरो आउने र उल्टी हुने पनि हुन सक्छ ।
झाडापखाला लागेको बच्चाको शरीरमा पानी र पोषक तत्वको कमि हुनुका साथै अत्यधिक कमजोरी पनि हुन्छ । यसबाट बच्नका लागि तपाईंले झाडापखालाको प्रमुख कारण र यसको निवारणका घरेलु उपाय जानुराख्नु आवश्यक छ ।
१. अत्यधिक गर्मी वातावरणका साथै दूषित खानपान झाडापखालाको प्रमुख कारण हो ।
२. झाडापखाला पैदा गर्नका लागि प्रमुख रुपमा रोटा नामको भाइरस जिम्मेवार छ जसको इन्फेक्सनको कारणले झाडापखाला हुन्छ ।
३. पानी सफा नहुनु वा बाहिरको दूध पिलाउनुले बच्चालाई झाडापखाला हुन सक्छ । यदि दूधमा मिसावट छ भने यो सम्भावना झनै उच्च हुन्छ ।
४. दाँत निस्कने बेलामा पनि बच्चाहरुलाई झाडापखालाको समस्या हुन्छ किनकी यो समय गिजामा संवेदनशीलताका कारण उनीहरुले केही चिज चबाइरहन्छन् जुन सफा हुँदैन ।
५. यदि बच्चाहरुलाई लामो समयसम्म एन्टिबायोटिक्स दिइयो भने यही डाइरियाको कारण बन्छ ।
समाधानका घरेलु उपाय
१. एक गिलास पानीमा दुई चम्चा चिनी र एक चिम्टी नून तथा कागतिको रस केही थोपा मिलाएर बच्चालाई पिलाउनुस ।
२. नरिवल पानी पिलाउनाले पनि झाडापखाला लागेको बच्चालाई फाइदा गर्छ । काँचो नरिवलको पानी बच्चालाई पिलाउनुस, जसबाट पोषकतत्व पनि प्राप्त हुन्छ र झाडा पखालामा पनि राहत मिल्छ ।
३. दालको पानी, चामलको माड, दही केरा, हल्का चिया बच्चालाई खुवाउनुस ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया