नुवाकोटमा पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ भदौ १० गते २१:५१

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ६६ जनाको पिसिआर र ४३ जनाको एन्टीजेन परिक्षण गर्दा ३५ जना कोरोना संक्रमण पसष्टि भएको हो ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये २१ जना विदुर नगरपालिकाका रहेका छन् भने ८ जना शिवपुरी गाउँपालिकामा रहेका छन् ।

Advertisement

यस्तै म्यागङ गाउँपालिकामा ३ जना कोेरोना संक्रमित थपिँदा बेलकोगढी नगरपालिकामा २ जना संक्रमित थपिएका छन् । त्यस्तै लिखु गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा ६३ जना कोरोनामुत्त भएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ७ हजार ४ सय २ पुगेको छ ।

Advertisement

यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ७३ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ३ सय ३६ जना होम आइसोलेसनमा, २५ जना अस्पतालमा र १२ जना आइसोलेसन सेन्टरमा रहेका छन्

जिल्लामा हालसम्म ४४ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ । नुवाकोटमा हालसम्म २६ हजार एकसय ५३ जनाको पिसिआर परिक्षण गरिएको छ ।

 

प्रतिक्रिया