नुवाकोटमा पछिल्लो २४ घण्टामा ५० जना कोरोनामुत्त
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ५० जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५० जना कोरोनामुत्त भएर घर फर्किएका छन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ७ हजार ३ सय ३९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिकाका २० जना रहेका छन् ।
त्यस्तै तादी गाउँपालिकामा ३ जना संक्रमित थपिँदा लिखु गाउँपालिका र म्यागङ गाउँपालिकामा समान २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका र तारकेश्वर गाउँपालिकामा समान एक÷एक जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ८४ पुगेको कार्यालयको भनाइ रहेको छ ।
यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय १ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ३ सय ६५ जना होम आइसोलेसनमा, २६ जना अस्पतालमा र १६ जना होम आइसोलेसनमा उपचार गरिरहेका छन् ।
नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ४४ जनाको ज्यान गइसकेको छ । जिल्लामा हालसम्म २६ हजार ४४ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया