नेपालमा पछिल्लाे २४ घण्टामा २ हजार २० जनामा  काेराेना संक्रमण पुष्टि

विदुर खबर २०७८ भदौ ८ गते १८:०५

नुवाकोट । नेपालमा पछिल्लाे २४ घण्टामा २ हजार २० जनामा  काेराेना संक्रमण पुष्टि भएकाे छ  ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ९ जनाकाे पीसीआर परीक्षणमा गर्दा  थप २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९०१ परीक्षणबाट ५०५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ८१० परीक्षणमा २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५१ हजार १ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा थप २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख २ हजार १८३ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ५६८ पुगेको छ ।

Advertisement

प्रतिक्रिया