सुनचाँदीको मूल्य लगातार दोश्रो दिन पनि वृद्धि

विदुर खबर २०७८ भदौ ८ गते १२:३३

नुवाकोट । सुनचाँदीको मूल्य लगातार दोश्रो दिन वृद्धि भएको छ ।

Advertisement

भदौ ८ गते मंगलबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो । यस दिन छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको थियो ।

Advertisement

मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २०० रुपैयाँमा खरिद बिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार १९० रुपैयाँमा किनबेच भएको थियो ।

Advertisement

 

प्रतिक्रिया