श्रीकृष्ण प्रणामी युवा परिषद नुवाकोटको अध्यक्षमा दिपक तिमल्सिना चयन
नुवाकोट । श्रीकृष्ण प्रणामी युवा परिषद नुवाकोटको सातौ साधारणसभा तथा तेस्रो अधिवेशन सोमवार सम्पन्न भएको छ ।
सोमवार सम्पन्न भएको अधिवेशनले दिपक तिमिल्सेनाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । यस्तै समितिको उपाध्यक्षमा संजय मुडवरी, सचिवमा विकास ढकाल, कोषाध्यक्षमा धिरेन्द्र मुडवरी सहसचिवमा नविन मुडवरी चयन भएको श्रीकृष्ण प्रणामी युवा परिषद नुवाकोटका पुर्व अध्यक्ष राजकुमार आचार्यले जानकारी दिए ।
यस्तै परिषदको सदस्यहरुमा भुवन तिमिल्सेना, रामराजा लामिछाने, लक्ष्मी मल्ल, रुपेश तिमिल्सेना, दिपेन्द्र तिमिल्सेना, विवेक थापा, नवराज लामिछाने, रुपक कार्की र गोविन्द श्रेष्ठ रहे्का छन् ।
निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई श्री कृष्ण प्रणामी युवा परिषदका केन्द्रिय अध्यक्ष नमराज ढकालले पद तथा गोपनयिकताको सपथ खुवाएका थिए ।
कार्यक्रममा श्री कृष्ण प्रणामी युवा परिषदका निर्वमान केन्द्रिय अध्यक्ष मातृका प्याकुरेल, महासचिब सुमन पुडासैनी, सद्स्य कृष्णमुरारी फुयालको उपस्थिती रहेको थियो ।
निर्वाचित पदाधिकारीहरुलाई जिल्ला समिती अध्यक्ष दिपक तिमल्सिना लगायतले शुभकामना व्यत्त गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया