नुवाकोटमा आज ४२ जना कोरोनामुत्त, २ संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा आज ४२ जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४२ जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हजार २ सय २३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा ८ जनाको एन्टीजेन परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले बताए ।
यससँगै जिल्लामा ७ हजार ७ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ५५ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ४ सय १८ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै २२ जना अस्पतालमा र आइसोलेसन सेन्टरमा १५ जना उपचाररत रहेका छन् ।
नुवाकोटमा हालसम्म ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हालसम्म २५ हजार ८ सय १८ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया