कर्मचारी संचय कोषका प्रमुख प्रशासक तुलसी गौतम बर्खास्त
नुवाकोट । कानून विपरित कर्मचारी संचय कोषमा प्रमुख प्रशासकमा कार्यरत तुलसी गौतमलाई सरकारले बर्खास्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गौतमलाई बर्खास्त गरेको हो ।
गौतम २०७६ साल जेठदेखि नै कर्मचारी संचय कोषको प्रमुख प्रशासक बन्न अयोग्य थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाले कानून विपरित गौतमलाई कोषको प्रमुख प्रशासकमा निरन्तरता दिएका थिए ।
सरकार परिवर्तन भएपछि अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रशासक गौतमलाई कानून विपतिर पदमा बसेको भन्दै राजीनामा गर्न भनेका थिए । तर,उनले राजीनामा दिएका थिएनन् ।
कर्मचारी संचय कोषको प्रशासक बन्नको लागि कोषको सञ्चयकर्ता हुनु आवश्यक छ । तर,गौतमले निजामति कर्मचारीबाट अवकास पाएपनि जबरजस्ती पदमा बसेका थिए ।
गौतम हिमालयन बैंकको संचालक समितिको अध्यक्ष हुन् । हिमालयन बैंकमा कोषबाट संचालक समितिमा प्रतिनिधित्व गरेका गौतम बैंकको अध्यक्ष बनेका थिए । कोषको प्रमुख प्रशासक पदबाट हटेसँगै उनको हिमालयन बैंकको अध्यक्ष पदपनि जाने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया