लायन्स क्लब अफ नुवाकोट क्यापिटलको रक्तदान कार्यक्रम सम्पन्न
विदुर खबर
२०७८ भदौ ५ गते १९:०८
नुवाकोट । बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा आज बट्टारमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा २६ भन्दा बढी व्यक्तिले रक्तदान गरेको क्लवका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय नुवाकोट लगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ । रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सुवास श्रेष्ठले बताए ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का क्लस्टर चिफ अनुज कुमार श्रेष्ठ, लायन्स मोडल भिलेज नुवाकोटका प्रमुख श्रीकृष्ण रिजाल, डिस्ट्रिक एडभाईजर राजु अमात्य लगायतको उपस्थिति रहेको रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया