अबदेखि मेरोशेयरको पासवर्ड बिर्सिएमा आफैले पासवर्ड रिसेट गर्न सकिने

विदुर खबर २०७८ भदौ ४ गते ९:१८

नुवाकोट ।  लगानीकर्ताले मेरोशेयरको पासवर्ड बिर्सदा भोग्नु परेको समस्याको अन्त्य भएको छ। केन्द्रिय निक्षेप प्रणाली सिडीएससीले लगानीकर्तालाई नै पासवर्ड रिसेट गर्ने विकल्प दिएको हो ।

Advertisement

यस संगै आज शुक्रबारदेखि लगानीकर्ताले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफै रिसेट लिंक प्राप्त गरि पासवर्ड परिवर्तन गर्ने सक्ने छन् । यस अघि पासवर्ड बिर्सिएको खण्डमा सिडीएसले १०० पटक कोसिश गर्न सक्ने विकल्प दिएकोमा अब भने सिडीएसले ‘फरगट पासवर्ड’को विकल्प दिएको हो ।

पासवर्ड बिर्सिएमा रिसेट लिंक मगाएर लगानीकर्ताले नै पासवर्ड रिसेट गर्न सकिने ब्यबस्था सिडीएसले गर्न लागेको हो । यसो भएमा लगानीकर्ताले पासवर्ड बिर्सिए पनि आफै जुनसुकै समयमा परिवर्तन गर्न सक्ने छन् ।

Advertisement

यस्तो छ पासवर्ड रिसेट गर्ने तरिका :

१. मेरोशेयर खोलेर Forgot your password? मा क्लिक गर्ने

Advertisement

२. निक्षेप सदस्य, युजर नेम, इमेल आइडी र जन्ममिति राखेर क्लिक सेन्ड बटनमा क्लिक गर्ने

३.राखेको जानकारी हुबहु मिलेमा “New password has been sent to your email” भन्ने म्यासेज आउछ , र हुबहु नमिलेमा “The information you have provided doesn’t match with the registered information” भन्ने संदेश आउछ

४.जानकारी मिलेको भए इमेलमा नयाँ पासवर्ड आउने छ

५. धेरै पटक पासवर्ड रिसेट गर्ने कोशिस गरेमा “Maximum forgot password attemped’ भन्ने संदेश आउछ र यस्तो भएमा अर्को दिन मात्र फेरी कोशिस गर्न पाइने छ

यस अघि भने पासवर्ड बिर्सिएमा आफ्नो डिपी अर्थात् जहाँ खाता खोलेको हो, त्यहाँ सम्पर्क गरेर पासवर्ड रिसेट गर्ने लिंक मगाउने पर्ने बाध्यता थियो । डिपी कार्यालय समयमा मात्र खुल्ने भएकोले कार्यालय समयमा बाहेक लगानीकर्ताले पासवर्ड रिसेट गर्न सक्ने विकल्प थिएन । यसको कारण लगानीकर्ताले सास्ती भोग्दै आएका थिए ।

प्रतिक्रिया