बाग्मति प्रदेशको आन्तरिक मामिला र भौतिक पुर्वाधार मन्त्रीमा पाण्डे नियुत्त
नुवाकोट । नुवाकोटका प्रदेशसभा सांसद केशवराज पाण्डे बागमती प्रदेशको आन्तरिक मामिला र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भएका छन ।
बुधवार मुख्यमन्त्री अष्टलक्षम्मी शाक्यले मुख्यमन्त्रीको सपथ लिएलगत्तै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्दै दुइ मन्त्री नियुक्त गरेकी हुन । पाण्डे यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलको सरकारमा पनि आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।
मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाइ नियुक्त गरेकी छिन । सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका थिए ।
उनलाई आज नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रिय सदस्यमा समेत राखिएको छ । तर खनालले आफू नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालय,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाक्य आफैंले राखेकी छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया