नुवाकोटमा अध्यादेशको विरोधमा युवाहरुको प्रदर्शन
नुवाकोट । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले नुवाकोटका विभिन्न जनवर्गिय संगठनले बुधवार सडक प्रदर्शन गरेका छन् ।
एमालेको निकट युवा संगठन युवा संघ, अनेरास्ववीयु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले नेकपा एमालेको पार्टी कार्यालय विदुरदेखि विदुर चोकसम्म तथा विदुर चोकदेखि लोकतान्त्रिक चौतारोसम्म प्रदर्शन गरेका हुन् ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्न सरकारले जनघाती निर्णय गरेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् । प्रर्दशनमा नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर जस्ता नारा लगाएर युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
बुधबार दलविभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ ।
नयाँ दर्ता गर्न लागिएको दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया