रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ३५ पुग्यो
विदुर खबर
२०७८ भदौ २ गते १५:५७
रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।
मंगलबार १ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या ३५ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ९, उत्तरगयामा ५ र कालिकामा २१ जना रहेका छन् । संक्रमितहरूमध्ये ३ जना संस्थागत ३२ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार २ सय ७७ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार २ सय ४० जना निको भएका छन् ।
जिल्लामा हालसम्म ४ हजार २ सय ७७ वटा स्वाव संकलन गरिएकोमा ३ हजार नेगेटिभ र १ हजार २ सय ६४ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया