नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा
विदुर खबर
२०७८ भदौ २ गते १५:५३
नुवाकोट । शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उचच विन्दुमा पुगेको छ ।
बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हाे । यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । नेप्से परिसूचकसँगै कारोबारमा पनि बुधबार उत्साह देखिएको छ । कारोबार रकमले भने २१ अर्ब ६४ करोड माथिको यस अघिको रेकर्ड तोड्न सकेको छैन ।
नेप्से परिसूचक ३८ दशमलव २८ अंकले बढेर ३ हजार १ सय ९८ दशमलव ६० अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८३ अंकले बढेको छ । कारोबार रकम पनि २१ अर्ब नाघ्यो ।
दिनभर भएका १ लाख ८८ हजार ४५४ कारोबारबाट २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ कित्ता रुपैयाँ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया