नुवाकोटका दुई फुटवल क्लबले सी डिभिजन छनौट खेल्ने
विदुर खबर
२०७८ भदौ २ गते ९:०३

नुवाकोट । नुवाकोटका दुई फुटवल क्लबले सी डिभिजन छनौट खेल्ने भएका छन् ।
नुवाकोटबाट नुवाकोट युनाइटेड फुटवल क्लब र न्यु स्टार क्लबले सी डिभिजन खेल्ने पक्का भएको अखिल नेपाल फुटलव संघले जनाएको छ । सहिद स्मारक ’सी’ डिभिजन लिग छनौट प्रतियोगितामा ७९ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
एन्फाले ’सी’ डिभिजन छनौटका लागि ७९ क्लबले नाम दर्ता गरेको जनाएको छ ।
छनौटमा सर्वाधिक धेरै टिम बागमती प्रदेशको रहेको छ । बागमतीबाट ६२ क्लब, प्रदेश १ बाट ७ र अन्य प्रदेशबाट २÷२ टिम सहभागी भएको एन्फाले जनाएको छ ।
छनौट प्रतियोगिता भदौ १० गतेबाट सुरु हुनेछ । खेल तालिका शुक्रबार सार्वजनिक गरिनेछ ।
’सी’ छनौटबाट तीन टिम ’सी’ डिभिजनमा बढुवा हुनेछन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया