विद्युत चुहावट करिव २ प्रतिशतले बढ्यो

विदुर खबर २०७८ भदौ १ गते १३:३२

नुवाकोट । विद्युुत चुहावट करिव २ प्रतिशतले बढेको छ ।

Advertisement

गत आर्थिक वर्षमा विद्युत चुहावट १७. १८ प्रतिशत हुन पुगेको छ । अघिल्लो आर्थिक वर्ष विद्युत् चुहावट १५.२७ प्रतिशत मात्र थियो ।

नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिक उत्सवको अवसरमा उक्त जानकारी गराइएको हो ।चुहावटलाई आव २०७३/७४ मा २२.९, २०७४/७५ मा २०.४५, २०७५/७६ मा १५.३२ र २०७६/७७ मा १५.२७ प्रतिशतमा झारिएको थियो । तर गत आर्थिक वर्ष २०७७/७८ मा चुहावट बढेर १७.१८ प्रतिशत पुगेको छ ।

Advertisement

विद्युत चुहावट बढी भएकाले प्राधिकरणलाई वित्तीय रुपमा घाटा बढ्दै गएको छ । गत आर्थिक वर्षमा प्रणालीको कूल चुहावटलाई १३.५० प्रतिशतमा झर्ने योजना बनाएको थियो । तर, त्यो सफल हुन सकेको छैन् ।

 

Advertisement

 

प्रतिक्रिया