रसुवामा ‘तपाईको मास्क खै’ अभियान सम्पन्न
रसुवा ।कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्नका लागि रसुवामा ‘तपाईको मास्क खै’ अभियान सञ्चालन गरिएको छ ।
सही तरिकाले मास्क लगाउँदा कोरोनाबाट बच्न सकिने भएकाले दिगो उद्यम तथा वातावरण विकास समाज (सिड्स) रसुवाबाट सञ्चालित सुआहारा–२ कार्यक्रमले अभियान सञ्चालन गरेको हो ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा बढी रहेको कोभिड–१९ को महामारी रोग नियन्त्रणको लागि प्रमुख उपायहरु मध्ये मास्कको उचित प्रयोग नै भएकोले तपाइको मास्क खै भन्ने नाराको साथ मास्क सप्ताह मनाउने निर्णय गरे अनुरुप अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
स्वास्थ्य कार्यालय रसुवा, कालिका गाउँपालिका र नेपाल प्रहरीसँगको समन्वय र सहकार्यमा अभियान गरिएको संस्थाले जानकारी दिएको छ । कालिका गाउँपालिका प्रांगणवाट तपाईँका मास्क खै ……………भन्ने व्यानर साथ सुरु गरी प्रहरी परिसर, कालिकास्थान बजारवाट घुम्ती, कालिकास्थान सम्म चेतनामूलक अभियान सञ्चालन गरिएको थियो ।
व्यानर सहितको पैदल यात्रामा वाटोमा भेटिएका सवारी साधनहरु, निजि घरका भित्ताहरुमा तपाईँका मास्क खै भन्ने सन्देश लेखिएका स्टिकर टांसिएको थियो भने मास्क नलगाई हिंड्ने पैदलयात्रीहरुलाई मास्क वितरणको साथै मास्कको महत्व बारेमा जानकारी गराइएको थियो ।
उक्त र्यालीमा कालिका गाउँपालिका प्रतिनिधि, नेपाल प्रहरी, कालिकास्थान तथा सुआहारा कार्यक्रकका कर्मचारीहरुको सहभागिता थियो । यस्ता किसिमका चेतनामूलक अभियानले समुदायको व्यवहारमा सकारात्मक परिवर्तन आएर कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग पुग्ने विचार स्थानीय वुद्दिजिवीहरुले व्यक्त गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया