सानिमा बैंकले २८ प्रतिशतले नाफा बढायो
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/08/sanima_bank_810.jpg)
नुवाकोट । सानिमा बैंकले २८ प्रतिशतले नाफा बढाएको छ ।
सानिमा बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार २ अर्ब २७ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष सानिमा बैंकको नाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।
सानिमा बैंकको ब्याज आम्दानीबाट ४ अर्ब ५२ करोड कमाएको छ । अघिल्लो वर्ष ४ अर्ब १८ करोड रहेको थियो ।
९ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको सानिमा बैंकको पूँजीकोष अनुपात १३.५४ प्रतिशत छ । गतवर्षको नाफाबाट सानिमा बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ६८ करोड गरेको छ । यस आधारमा सानिमा बैंकको लाभांश क्षमता १७ प्रतिशत देखिन्छ ।
असार मसान्तसम्ममा सानिमा बैंकले १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १८ अर्ब कर्जा दिएको छ । अघिल्लो वर्ष सानिमा बैंकको निक्षेप १ खर्ब ७ अर्ब थियो भने कर्जा ९० अर्ब थियो ।
सानिमा बैंकको प्रति सेयर आम्दानी २३.५१ रुपैयाँ रहेको छ । सानिमा बैंकको खराब कर्जा अनुपात ०.१६ प्रतिशत छ । सानिमा बैंक खराब कर्जा कम हुने बैंकमा पर्छ । ६.३४ प्रतिशत बेसरेट रहेको सानिमा बैंकको ३.७३ प्रतिशत स्प्रेड रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया