कोरोनाको कारण यस वर्ष पनि गोसाईंकुण्ड मेला नहुने

नुवाकोट । कोभिड-१९ को दोस्रो लहर फैलिएसँगै यस वर्ष पनि गोसाईंकुण्ड जनैपूर्णिमा मेला नहुने भएको छ ।
साउन २९ गतेबाट भदौ ६ गतेसम्म लाग्ने मेला जनैपुर्णिमा मेला भिडभाडका कारण भएपछि सङ्क्रमण बढ्ने भएकाले स्थगन गरिएको गोसाईंकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।
विशेष गरी गोसाईंकुण्डमा जनैपूर्णिमा र गंगा दशहरामा वर्षेनी मेला लाग्ने गर्दछ । तर पनि धार्मिक पर्यटनका लागि भने बाह्रै महिना मानिसहरू आउने जाने गर्दछन् ।
गत वर्षदेखि गोसाईंकुण्ड आवतजावतमा शून्यता छायो भने यस वर्ष पनि उही दोहोरियो । २०७२ सालको भूकम्पपछि गोसाईंकुण्ड जानेको सङ्ख्या घटेको थियो ।
गोसार्इकुण्डमा मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । राष्ट्रिय विभूति अमरसिंह थापाले देह त्याग यही गरेका थिए । नेपाल लगायत भारतबाट पनि लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको आगमन हुन्छ ।
धार्मिक मान्यता अनुसार गोसाईंकुण्ड यात्रामा जाने क्रममा बाटो मा पर्ने कालिका माईको दर्शन गरी गोसाईंकुण्ड जाँदा सहज हुने र भगवान् शिव खुसी हुने विश्वास रहेको छ ।
समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको पर्दछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया